बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ३२ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय धनबहादुर थापा मगरलाई प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले साउन ३० गते बलात्कार गरेको भनी पीडित पक्षले साउन ३१ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


अमर सुनार