बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला धनकुटा पात्लेखोला स्थायी घर भई बुद्घशान्ति गाउँपालिका-२ मा बस्दै आएका २३ वर्षीय सन्तोष गुरुङलाई साउन २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले सात महिनायता धम्की दिई बलात्कार गर्दै आएको र अन्तिम पटक साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा साउन २८ गते गरिएको छ ।


नरेश खाती