बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २७ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीका ५२ वर्षीय बाबुराजा पुजारीलाई साउन २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुनदेखि नै विभिन्न प्रलोभन देखाइ पटकपटक बलात्कार गरेको र पछिल्लो पटक साउन २६ गते नगरपालिकाको कार्यालयमा नै बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २६ गते महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको उक्त कार्यालयका डिएसपी होविन्द्र बोगटीले बताए ।

काडमाडौँको बागबजारबाट गिरफ्तारीमा परेका आरोपितलाई साउन २६ गते नै अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी होविन्द्र बोगटीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनायो ।


विमला पौडेल