बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २६ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खैरहनी नपा–९ का ३७ वर्षीय सन्देश चौधरीलाई साउन २४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई राप्ती नगरपालिका–४ भण्डाराका २७ वर्षीय रक्तिम किरण गोले र खैरहनी नपा–९ का ३७ वर्षीय सन्देश चौधरीले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएकी छन् ।

पीडितको उजुरीका आधारमा चौधरीलाई अनुसन्धानका लागि गिरफ्तार गरेको र गोलेको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।


दिपेन्द्र अधिकारी