बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन २४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका–४ घर भई हाल भीमेश्वर नगरपालिका–७ मा बस्ने २६ वर्षीय सविन राईलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

 

पीडित बाललिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन २२ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएको छ ।

 

सोही उजुरीका आधारमा आरोतिलाई गिरफ्तार गरिएको उक्त कार्यालयका इन्स्पेक्टर रेशम बोहराले बताए ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनायो ।


उद्धव पोखरेल