बलात्कार घटनाका आरोपित गिरफ्तार
४४ वर्षीया महिलालाई साउन १३ गते बालत्कार गरेको अरोपमा दिपायल सिलगडी नपा–४ दिपालयका ३० वर्षीय मधु भन्ने प्रकाश माझीलाई साउन २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलाका आफन्तले साउन २० गते प्रहरीलाई घटनाका बारेमा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका सई देवबहादुर कुँवरले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल डोटीमा साउन २१ गते भयो ।
बासुदेब जोशी
सम्बन्धित समाचारहरू
पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु
कालिञ्चोक गाउँपालिका–६ निवासी २८ वर्षीय हिमाल थामी वैशाख ३ गते जिल्ला कारागार शाखा चरिकोटको शौचालयको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थामी फागुन ८ गते पत्नीलाई खुकरी प्रहार…
विद्यार्थी सङ्गठनबीच भएको झडपमा दुई जना विद्यार्थी घाइते
भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् । क्याम्पसमा नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दर्ता गरेका छन् ।…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप
आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका चार जना सदस्य मिलेर कुटपिट गरी ०७७ फागुन २४ गते…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)
वैशाख ३ गते ८ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…