बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन २ गते

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले ४५ वर्षीय बावुलाई फागुन १ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय कार्यालयका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले राति गस्तीमा गएको बेला गाउँमा हल्ला सुनेर घटनाबारे थाहा पाएलगत्तै आरोपितलाई गिरफ्तार गरेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते राति नै जिल्ला अस्पतालमा गरिएको बताए ।

पीडित बालिकाका अनुसार आरोपितले पटक पटक बलात्कार गर्ने गरेको र फागुन १ गते राति पनि बलात्कार गरेकोले सो कुरा फुपूलाई जानकारी गराएपछि घटना बाहिर आएको बताइन ।


दुर्गा परियार