बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको हरिनगर गाउँपालिका ७ का १९ वर्षीय ताविर अक्खतरलाई प्रहरीले साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १७ गते बलात्कार गरेको मौखिक जानकारीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते इनरूवा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।


जयकृष्ण यादव