बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १७ गते

१२ वर्षीया बालिका बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–१५ वेतेनीका ५१ वर्षीय कृष्णबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साउन १६ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई असार ५ गते बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले राति १० बजे सोही वडाको रानीबासबाट गिरफ्तार गरेको हो ।

 

आरोपितविरुद्ध पीडित पक्षले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ६ गते नै जिल्ला अस्पतालमा गरिएको थियो ।


भरत खड्का