बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १७ गते

६ वर्ष अघि एक बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका–५ का २९ वर्षीय सचिन रसाइलीलाई साउन १६ गते गिरफ्तार गरेको छ ।

०७० जेठ २१ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले २२ गते जिल्ला प्रहरीमा उजुरी दिएपछि आरोपित फरार भएका थिए ।

प्रहरीले आरोपितविरूद्घ ०७० असार १६ गते मुद्दा दर्ता गरी कारवाही अघि बढाएकोमा अदालतले आरोपित विरूद्घ ०७४ कात्तिक ३० गते नौ वर्ष कैद सजाय फैसला गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७० जेठ २२ गते गरिएको थियो ।


कोकिला ढकाल