बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १६ गते

तीन वर्षीया बालिकालाई साउन १५ गते दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–४ का ५२ वर्षीय बीरबहादुर भुलुनलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन १६ गते उजुरी दर्ता गराएको छ ।

 

पीडित बालिकाको आमा एक वर्ष अगाडि अर्को विवाह गरी अन्यत्र गएको र बाबु मानसिक सन्तुलन ठीक नभएकोले पीडित बालिका ठुली आमासँग बस्दै आएकी थिइन् ।

 

पीडित बालिकाको ठुलीआमा घरमा आएपछि घटना सम्बन्धमा जानकारी भएकोले छिमेकी समेतको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि प्रहरीले पीडितको उद्धार र आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १५ गते नै गरिएको छ ।


कोपिला तिमल्सिना