बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १६ गते

६ वर्ष अघि एक नाबालिकालाई बलात्कार गरी फरार रहेका चुलाचुली गाउँपालिका–५ का २९ वर्षीय सचिन रसाइलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

पीडित बालिकालाई ०७० जेठ २१ गते बलात्कार गरी फरार रहेका रसाइलीलाई जेठ १६ गते गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमन्त भण्डारीले बताए ।

 

रसाइलीलाई जिल्ला अदालतले ०७४ कात्तिक ३० गते नौ वर्ष कैदको फैसला सुनाएको थियो । रसाइलीलाई अदालतले कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको जनाइएको छ ।


कोकिला ढकाल