बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ११ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उमनपा–६ का २१ वर्षीय युवराज कार्कीलाई साउन ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २९ गते बलात्कार गरेको भनी पीडित पक्षले साउन ९ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

उक्त उजुरीका आधारमा साउन ९ गते नै कार्कीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ९ गते गरेको न्यौपानेले बताए ।


जयकृष्ण यादव