बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ६ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका-८ पशुपति बजारका २४ वर्षीय अशोक सुनार र सोही गाउँपालिका-८ स्याउली बजारका २२ वर्षीय श्रीधर थापा मगरलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपिद्वयले साउन ४ र ५ गते विभिन्न प्रलोभन देखाएर सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको इन्स्पेक्टर लक्ष्मण ओलीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल गुलरियामा गरिएको प्रहरीले जनायो ।


मानबहादुर चौधरी