बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ६ गते

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार बेतिया स्थायी घरभई मायादेवी गाउँपालिका–८ मा बस्दै आएका ४० वर्षीय नन्दलाल ठाकुरलाई साउन ५ गते मायादेवीबाट गिरफ्तार गरेको छ ।

 

आरोपितले पीडितलाई घरमै बसिरहेको अवस्थामा असार १४ गते बलात्कार गरेको भन्दै पीडित महिलाले साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

 

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी धर्मराज भण्डारीले बताए ।

 

पीडितको स्वास्थ्य परीक्षण साउन ५ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.