बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन ६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २६ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि साउन २ गते गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह थापाले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २ गते गरिएको छ ।


देवराज गुरुङ