बलात्कार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सितगङ्गा नपा-१२ का ६० वर्षीय बृद्ध टेकबहादुर पुनलाई साउन १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय ठाडाका इन्स्पेक्टर गणेशबहादुर नरालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।
नारायण भुसाल
संबंधित समाचारहरू
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू वैकल्पिक व्यवसाय खोज्दै !
कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन । बल्लतल्ल उनले गाउँकी एकजना दिदी भेटिन् । रोजिनालाई तिनै दिदीले ठमेलको…
कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !
रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण आधारभूत विद्यालय हुकामका विद्यार्थीहरू विद्यालय भवन नहुँदा छाप्रोमा बसेर पठनपाठन…
औषधि अभाव हुँदा बिरामी समस्यामा
संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी उल्लेख छ, तर बैतडीका नागरिकलाई भने यो धाराले छोएको…
स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ जना विद्यार्थी गिरफ्तार गरेपछि विप्लवका कार्यकर्ताले स्थानीय सरकारका वडा कार्यालयमा…
गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित
काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल…