बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ साउन १ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीय काकालाई प्रहरीले असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई खारोपितले असार २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी रुपक खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते जिल्ला अस्पताल धादिङमा गरिएको प्रहरीले जनायो ।


सीताराम अधिकारी