बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार ३१ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-२ का २१ वर्षीय रमेश तोलाङलाई असार ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर विष्णबहादुर खड्काले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३० गते गरिएको छ ।


देवराज गुरुङ