बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ २८ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय वेलौरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले ०७३ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस ९ गते इलाका प्रहरी कार्यालय, वेलौरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ९ गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको थियो ।

फरार रहेका आरोपितद्वयलाई पीडित महिलाको उजुरीका आधारमा ०७३ माघ २७ गते गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी नैनसिह कार्कीले जानकारी दिए ।


कोमलनिरन्जन भाट