बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २७ गते

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय पतिलाई असार २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार २५ गते लिखित उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।


सिर्जना पन्त