बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबुलाई असार २५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले असार २५ गते छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका सई भुपालसिंह थापाले वताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते सेती अञ्चल अस्पतालमा भएको छ ।


कोमलनिरन्जन भाट