बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २६ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–६ बस्ने २१ वर्षीय अर्जुन पाण्डेलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन दिएको मौखिक उजुरीको आधारमा पाण्डेलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदिपकुमार क्षेत्रीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २६ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।


दुर्गा थापा