बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २६ गते

धनुषामा १४ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा सबैला नपा-८ ठिल्लाका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित दुवै जनालाई स्थानीयको सहयोगमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय सबैलाका असई वीरेन्द्र यादवले बताए ।

आरोपितहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ भने पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा गरिएको छ ।


अजयकुमार साह