बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २२ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा–११ विजयनगरका ३५ वर्षीय श्रीराम थारूलाई असार २१ गते आरोपमा गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार २१ गते बलात्कार गरेको आरोपमा प्रहरीमा मौखिक जानकारी आए लगत्तै आरोपितलाई सोही दिन प्रहरीले बढैयाताल गाउँपालिका–८ मयुरबस्तीबाट गिरफ्तार गरेको हो  ।

आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाँसगढीमा हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले घटनाका आरोपितविरूद्ध असार २२ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा लिखित उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बर्दिया जिल्ला अस्पतालमा गरिएको भएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीका इन्स्पेक्टर बसन्त गौतमले बताए ।


मानबहादुर चौधरी