बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका-६ स्थायी घर भई हाल जिरीमा ट्रयाक्टर चलाउँदै आएका २० वर्षीय पोषबहादुर श्रेष्ठलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ ३२ गते बलात्कार गरेको भनी पीडित पक्षले असार १६ गते प्रहरीमा उजुरी दिएको थियो ।

सोही दिनदेखि पीडित बालिका हराएकाले पीडित पक्षले खोज्दै जाँदा आरोपितकै कोठामा फेला पारेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १६ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल