बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १३ गते

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण बिष्टलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा असार ११ गते उजुरी दिएपछि सोही दिन गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला पहरी कार्यालय, डोटीका इन्स्पेक्टर सुरेन्द्र विष्टले बताए  । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ११ गते जिल्ला अस्पताल, डोटीमा भएको थियो ।


बासुदेब जोशी