बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नपा–५ बदालपुरका ६८ वर्षीय लखनलाल चौधरीलाई असार ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय राजापुरमा खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी तिलक भारतीले बताए । डिएसपी भारतीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते कैलाली जिल्लाको टिकापुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
मानबहादुर चौधरी
संबंधित समाचारहरू
वडा कार्यालयद्वारा बहुविवाहलाई विवाह–दर्ता !
घरदैलोमा सेवा प्रभावकारिता बढाउन स्थानीय सरकार रहेपनि कार्यान्वयन गर्ने निकायको लापरवाहीले कतिपय अवस्थामा सेवाग्राहीले सास्ती पाइरहेका छन् । महाबु गाउँपालिका–५ काँशीकाँधकी २४ वर्षीया भावना थापामगरले पनि सास्ती भोग्नुपरेको बताउनुभएको छ…
दुर्गमका प्रसूति केन्द्रमा समस्यै समस्या
दुर्गम जिल्लामा रहेका गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने उद्धेश्यले प्रसूति केन्द्र स्थापना गरिएपनि आवश्यक पुर्वाधारको व्यवस्था नहुँदा समस्या भएको छ । त्रिपुरासुन्दरी नपा–१ त्रिपुराकोटबगरस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा रहेको प्रसूति…
बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बन्दी, व्यवस्थापनमा समस्या
दिपायल सिलगढी नगरपालिकास्थित सिलगढी बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिँदै आएका कारण उनीहरूले विभिन्न प्रकारको समस्या झेल्नु परेको छ । क्षमताभन्दा दोब्बर बढी बालकहरू राखिएका कारण उनीहरूलाई शौचालय प्रयोग…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा ९ का २९ वर्षीय दिनेश तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर १४ गते जङ्गलको…
जिल्ला अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव
बेसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा एक महिनादेखि खानेपानीको अभाव भएको छ । अस्पतालका व्यवस्थापक हेमन्त श्रेष्ठका अनुसार यो महिनाको चारपाँच दिन त पानीको हाहाकार नै भएको थियो । पानीको…