बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार ४ गते

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-३ घरभई तुलसीपुर बसपार्कस्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङ र बबई गाँउपालिका-५ घर भइ तुलसीपुर-६ का सवारी चालक ३३ वर्षीय किशोर खड्कालाई असार ३ गते गिरफ्तार गरेको छ ।

आरोपितद्वयले ०७६ जेठ २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ढिलो गरी असार ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछि आरोपितहरूलाई गिरफ्तार गरिएको डिएसपी प्रेमबहादुर शाहीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको प्रहरीले जनायो ।


जे.एन.सागर