बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ असार २ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-६ का ३५ वर्षीय नविन शर्मालाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार २ गते उजुरी दिएको डिएसपी प्रेम शाहीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनाएको छ ।


जे.एन.सागर