बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का ६० वर्षीय एकबाल खाँलाई जेठ ३२ गते गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ ३१ गते २३ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठठ ३२ गते नै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको छ ।


नारायण पराजुली