बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ माघ १६ गते

सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई बलात्कार गरेको आरोपमा चन्दविरुद्ध माघ १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला अस्पताल बैतडीमा गरिएको छ ।


नरी बडु