बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ३० गते

५० वर्षीया सुस्त मनस्थितकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१७ रानीगञ्जका ३८ वर्षीय केशव भनिने रूद्र बराललाई जेठ २८ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको र कसैलाई भने जे पनि हुन सक्ने भन्दै धम्की  दिएको पीडित महिलाले स्थानीयलाई बताएकी थिइन् ।
स्थानीय महिलाहरूको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जेठ २८ गते उजुरी दिएको डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.