बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २९ गते 

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा-१५ का १८ वर्षीय जीवन भनिने रुपक भण्डारीलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विवाहको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितले ०७५ चैतदेखि ०७६ जेठ २६ गतेसम्म लगातार बलात्कार गरेको बताइन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको प्रहरीले जनायो ।


जे.एन.सागर