बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१० का २५ वर्षीय दिब्य पौदारलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विवाहित रहेका पौदारले ‘विवाह गर्छु’ भनी गत वैशाख १० गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित पक्षले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।


इन्दिरा भट्टराई