बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २४ गते

२७ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका ३१ वर्षीय पतिलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ ३ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको सो परिसरका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ३ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनायो ।


दीपकप्रसाद घिमिरे