बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ १५ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का १३ वर्षीय बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जेठ १४ गते गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बालमैत्री कक्षमा राखी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर रविनराज मैनालीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.