बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ १३ गते

३५ वर्षीया फरक क्षमता भएकी (बोल्न नसक्ने) महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ १२ गते त्रियुगा नगरपालिका–१६ कसेनीका ४३ वर्षीय भिमबहादुर तामाङलाई गिरफ्तार गरेको छ ।

जेठ १२ गते दिउँसो बलात्कार गरेको पीडित परिवारको निवेदनका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भरत खड्का