बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ १३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाएर जेठ ६ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा जेठ १० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको सई डेलम्बर घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १० गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी