बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ १२ गते

आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले जेठ ११ गते बलात्कार गरेको भन्दै जानकारी गराएपछि प्रहरीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको हो ।

पीडित पक्षले आरोपितविरूद्ध जेठ १२ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बर्दियामा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले बताए ।

दुवै जना बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ११ भएको छ । आरोपित बालकले भने केही नगरेको बताउँदै आएका छन् ।


मानबहादुर चौधरी