बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ९ गते

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–५ का २६ वर्षीय कृष्ण विक, सोही ठाउँ बस्ने २१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसानलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितत्रयले जेठ ७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा आरोपितहरूलाई गिरफ्तार गरेको डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए ।

पीडित पक्षको मौखिक उजुरी पश्चात् प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको डिएसपी मरासिनीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते जिल्ला अस्पताल, म्याग्दीमा भएको प्रहरीले जनाएको छ ।


अमृत बास्कुने