बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ४ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि जेठ ५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा जेठ ४ गते गरिएको छ ।


ईन्दिरा भट्टराई