बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ५ गते भएको छ ।


मनोहरकुमार पोखरेल