बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ २ गते

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका आरोपितमध्ये प्रहरीले जेठ १ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले चार जना बालकविरुद्ध जेठ १ गते उजुरी दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालका अनुसार एक जनालाई गिरफ्तार गरिएको र अन्य तीन जनाको खोजी भइरहेको छ । अन्य आरोपित बालकहरू समेत १३, १२ र ११ वर्षका रहेको बताइएको छ ।

पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा वैशाख ३१ गते घटनाका सम्बन्धमा उजुरी दिएकी थिइन् ।

पीडित बालिका र गिरफ्तार बालकको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ १ गते गरिएको छ । गिरफ्तार भएका आरोपित बालकले समेत घटना स्वीकारेका प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल