बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २५ गते

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ३१ वर्षीय मन्जित राईलाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्घ पीडितले वैशाख २४ गते उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको एसपी माधव श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल