बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–१ का ४५ वर्षीय मनिकराज राईलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई प्रलोभन देखाई वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १९ गते आरोपितविरूद्ध उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


जयकृष्ण यादव