बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख २० गते

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–५ का ३४ वर्षीय राजेन्द्र घतानीलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई वैशाख ८ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितले वैशाख ९ गते जिल्ला जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
घटना पछि फरार रहेका घतानीलाई गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ९ गते गरिएको छ ।


कोकिला ढकाल