बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख १७ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाँपा–२ भगदरीका १९ वर्षीय मनोज भरलाई वैशाख १६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी