बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपामा प्रहरीले भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका घर भई हाल भक्तपुर बस्ने १८ वर्षीय विशाल तामाङलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।
वैशाख १३ गते दिनको १ बजे जुम्ल्याह दुई छोरी हराएको भन्दै वैशाख १४ गते पीडित बालिकाकी आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि खोजतलासको क्रममा वैशाख १४ गते राति ९ बजे आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले जानकारी गराए ।
पीडित बालिकाद्वयलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १५ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको एसपी श्रेष्ठले बताए
पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख १४ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनाएको छ ।
सविना केसी
संबंधित समाचारहरू
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू वैकल्पिक व्यवसाय खोज्दै !
कलिलो उमेरमा काम खोज्दै सिन्धुपाल्चोकबाट रोजिना (परिवर्तित नाम) काठमाडौँ झरिन् । बिरानो शहरमा उनको आफ्नो भन्ने कोही थिएन । बल्लतल्ल उनले गाउँकी एकजना दिदी भेटिन् । रोजिनालाई तिनै दिदीले ठमेलको…
कतै छाप्रोमा, कतै सडकमा पठनपाठन !
रुकुम पुर्वका विद्यार्थीहरू छाप्रो र सडकमा पठनपाठन गर्दै आएका छन् । सुन्दा पत्यार लाग्दैन । तर, पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित बालकल्याण आधारभूत विद्यालय हुकामका विद्यार्थीहरू विद्यालय भवन नहुँदा छाप्रोमा बसेर पठनपाठन…
औषधि अभाव हुँदा बिरामी समस्यामा
संविधान भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ भनी उल्लेख छ, तर बैतडीका नागरिकलाई भने यो धाराले छोएको…
स्थानीय सरकारको वडा कार्यालयमा प्रतिबन्धित नेकपाको पेन्टिङ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले दार्चुलामा पछिल्लो समय गतिविधि बढाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वका अखिल क्रान्तिकारीका आठ जना विद्यार्थी गिरफ्तार गरेपछि विप्लवका कार्यकर्ताले स्थानीय सरकारका वडा कार्यालयमा…
गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित
काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ । यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल…