बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ९ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–३ का ४३ वर्षीय रुद्रबहादुर पुनलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको प्रहरीले जनायो ।


रीमा बि.सी.